FAQs Complain Problems

नेत्रावती डबजाेङ गाउँकार्यपालिकाकाे स‍‌‍‍‍‌‍ङ्क्षिप्त परिचय

परापुर्वकाल देखि वाइवा राजाकाे नामबाट चिनिएकाे डबजाेङ दरबारकाे नाम र मार्पाककाे बेसि हुदै बगेकाे नेत्रावति खाेलाकाे नामलाई जाेडेर यस गाउ‌‌‍‍‍‌‌‌पालिकाकाे नाम नेत्रावती डबजाेङ गाउपालिका रहन गएकाे हाे । यस गाउँपालिकामा ५ वटा वडाहरु निर्माण गरिएकाे छ । जसमा पुर्वमा नुवाकाेटकाे मेघाङ गाउँपालिका  पश्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका रहेका छन् भने उत्तरमा  खनियाबास गाउँपालिका र दक्षिणमा निलकण्ठ नगरपालिका रहेका छन् । नेत्रावति डबजाेङ गाउँपालिका भित्र साविककाे सेमजाेङ  मार्पाक र कटुन्जे गाउँ विकास समितिहरु रहेका छन् । यस गाउँपालिकामा जातिय हिसाबले विशेष गरी तामाङ गुरुङ नेवार घर्ति मगर तथा दलित समुदायकाे बसाेबास रहेकाे छ । यस गाउँपालिका भित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेव स्थान कुण्डला देवी मन्दिर बाराही मन्दिर र दाेश्राे नव बुद्द क्षेत्र वाकाराहा रहेकाे छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

जन प्रतिनिधि